सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वर्गीय क्रिकेटर सिंहको सम्झनामा दिप प्रज्वलन

२०७६ पुष १९, ०८:२३ खबर संवाददाता

डडेल्धुराको आलिताल गाउँपालिका–६ का क्यान्सर पीडित क्रिकेट खोलाडी स्वर्गीय केशव सिंहको सम्झनामा  दीप प्रज्वलन गरिएको छ। 

सिंहको २७ वर्षकै कलिलो उमेरमा हिजो डडेल्धुरामा निधन भएको थियो। उनको  सम्झनामा आज  यस क्षेत्रका क्रिकेट प्रेमीहरूले धनगढीको पार्क मोडमा जम्मा भएर दीप प्रज्वलन गरिएको जिल्ला खेलकुद विकास समिति कैलालीका क्रिकेट कोच ज्ञानेन्द्र दडिमाना क्षेत्रीले बताए।

 

कमेन्ट लोड गर्नुस