पर्यटनमन्त्री भट्टराईकै गाउँमा छैन भ्रमण वर्षको योजना
नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाइरहेका बेला पर्यटनमन्त्री योगेश भट्टराईकै गाउँमा भ्रमण वर्ष २०२० का लागि कुनै कार्यक्रम नभएको पाइएको छ।
पर्यटनमन्त्री भट्टराईको गाउँ साँघु रहेको मैवाखोला गाउँपालिकाले भने भ्रमण वर्षको कुनै कार्यक्रम बनाएको छै। गाउँपालिकाका लेखापाल विनोद मण्डलले भ्रमण वर्ष भनेर कुनै कार्यक्रम नबनाइएको बताए।
संखुवासभा र तेह्रथुमसँग सीमा जोडिएको मैवाखोला गाउँपालिकामा गुराँसको राजधानी तीनजुरे मिल्के जलजले पर्छ। तर पर्यटन प्रवद्र्धन गर्ने कुनै कार्यक्रम नबनाइएको मण्डलले जानकारी दिए।