कैलालीमा तालमा डुबेर वृद्धको मृत्यु
२०७६ पुष १९, ०५:०८
कैलाली: कैलालीमा तालमा डुबेर वृद्धको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० मा रहेको न्यौपाने तालमा डुबेर घोडाघोडी ५ कै अन्दाजी ७६ वर्षीय हरीकेसे लुहारको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकाश कार्कीले तालमा डुबेपछि लुहारलाई उपचारका लागि घोडाघोडी अस्पताल पुगाईएपनि मृत्यु भएको जानकारी दिए।
कमेन्ट लोड गर्नुस