सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महंगो, कति पुग्यो ?

२०७६ पुष १८, १०:३३ खबर संवाददाता

सुनको भाउमा शुक्रबार एकैपटक तोलामा एक हजार रुपैयाँले वृद्धि आयो। अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा एक हजारले बढेर तोलाको ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य बिहीबार तोलाको ७३ हजार ५०० रुपैयाँमा स्थीर रहेको थियो। शुक्रबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर तोलाको ९०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंन्स १५ सय ५० डलर हाराहारीमा कारोबार भएको थियो।

कमेन्ट लोड गर्नुस