सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्राईभेट अस्पताल संघ सुदूरपश्चिमको अध्यक्षमा जोशी

२०७६ पुष १८, ०१:४० खबर संवाददाता

प्राईभेट अस्पताल संघ सुदूरपश्चिमको अध्यक्षमा कैलाली अस्पतालका सञ्चालक जनकराज जोशी चयन भएका छन्। सुदूरपश्चिमका प्राईभेट अस्पताल संघको अधिवेशनबाट जोशी अध्यक्षमा सर्वसम्मत भएका हुन्।

संघको उपाध्यक्षमा चोपरा अस्पताल डोटीका सञ्चालक हिक्मत सिंह चोपरा, कोषाध्यक्षमा माया मेट्रो अस्पताल धनगढीका अध्यक्ष धिरेन्द्र साउँद र सचिवमा सिपि अस्पताल धनगढीकै रमेश पाण्डेय चयन भएका छन्।

यस्तै सदस्यमा घोडाघोडी अस्पताल सुखडका विष्णु सापकोटा, निसर्ग अस्पताल धनगढीका तीर्थराज पन्त, आशा अस्पतालका भुपेन्द्र चौधरी, सारथी अस्पतालका वेद जोशी र नोभा अस्पतालका लोकराज भट्ट चयन भएका छन्। 'संघको सल्लाहकारमा पदमा अस्पताल अत्तरियाका संचालक जेपी चन्द रहेका चयन भएका छन्।  

कमेन्ट लोड गर्नुस