कैलालीमा अटो रिक्सालाई ट्रकले ठक्कर दिदा ७ जना घाईते
कैलालीमा अटो रिक्सालाई ट्रकले ठक्कर दिदा ७ जना घाईते भएका छन्। एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। कैलालीको गौरीगंगा नगरपालिका वडा नम्वर ९ शंकरपुर स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ गईरहेको से १ ह १५०५ नम्वरको अटोलाई बिपरीत दिशाबाट आईरहेको ना ६ ख ८०२६ नम्बरको ट्रकले ठक्कर दिँदा ५ जना घाईते भएका हुन्।
अटो चालक घोडाघोडी नगरपालिका वडा नम्वर ३ बस्ने ५७ बर्षीय मनिराम चौधरी, सोही ठाउँका १६ बर्षीय रबिन चौधरी, १८ बर्षीय अरुण चौधरी, ५५ बर्षीय मनिराम थारु, १८ बर्षीय आशिष चौधरी, १७ बर्षीय बिपिन चौधरी र गौरीगंगा नगरपालिका वडा नम्वर १० बस्ने १८ बर्षीय सम्झना चौधरी घाईते भएका हुन्।
उनीहरुको घोडाघोडी अस्पताल सुख्खड कैलालीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकास र्काीले बताए। ट्रक र ट्रक चालक नवलपरासी कावासोती नगरपालीका वडा नम्वर १६ का ४२ बर्षीय छविलाल घर्तीलाई ईलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ।