सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको हाट वजारमा अत्याधिक विषादी हालेका कृषि उपजकको खुलेयाम विक्री

२०७५ जेठ ३१, ०७:०३

धनगढीको हाट वजारमा जथाभावी विषादी हालिएका कृषि उपजकहरुको खुलेयाम विक्री वितरण भईरहेको छ । अधिकांश कृषि उपज भारतवाट अत्याधिक मात्रामा विषादी प्रयोग गरेर विक्री वितरण भईरहेको छ । सरोकारवाला निकायले अनुगमन नगरेको भन्दै उपभोक्ताले मानव स्वास्थ्यलाई असर पार्ने तरकारी खाईरहेको गुनासो रहेका छन् । 
सरोकारवाला निकायले प्रभावकारी रुपमा अनुगमन नगर्दा बिषादीको प्रयोग भएका कृषि उपजको कारोवार वढेको हो । भारतबाट ल्याईएका कृषि उपजहरुमा वढी विषादीको प्रयोग भईरहेकोले उपभोक्ता मानव स्वास्थ्यलाई असर पार्ने तरकारी किन्न वाध्य भएका छन । धनगढीका बेदराज भण्डारीले तरकारीको गुणस्तर मापन हुनपर्ने बताए । 
मानव स्वास्थ्यलाई असर पार्ने बिषादी तरकारी लगायत फलफुलमा प्रयोग गरिएपनि कसैको चासो नजानु दर्भाग्य भएको उनले बताए । किसानले उत्पादन गरेका कृषि उपजभन्दा हाट बजारमा पनि व्यापारीको हालिमुहाली वढ्दै जाँदा बिषादी प्रयोग गरेको तरकारी खानुपर्ने बाध्यता आएको धनगढीकै अर्का उपभोक्ता गणेश कुवरले बताए । 
अनुगमनकारी निकायले समयमा अनुगमन नगरीदिदा उपभोक्ताको स्वास्थ्यमामाथि खेलबाड भएको स्थानीय टेकराज भट्टले बताए । 
सामान्य वर्षामा नै हाट वजार हिलाम्मे हुँदा हाट वजारका तरकारीहरु झन् अस्वच्छकर वन्दै गएका छन । पानी परेका दिन हाटबजार भित्र जान नसकिनेअवस्थामा हिलाम्मे ठाउँमा विक्री वितरण हुने कृषि उपज पनि दुषित वन्ने गरेको अर्का स्थानीय कर्ण सिंह ऐरले बताए । 
हाट बजार संचालन समितिले भने यो समस्याको सामधानका लागि सरोकारवाला निकायलाई गुहारी रहेको बताएको छ । बर्षातमा हिलाम्मे हुने हाट बजार क्षेत्रमा ग्रावेल हाल्न माग गरिएको र बिषादी प्रयोग गरेर तरकारी बिक्री गर्नेलाई हाट बजारबाट हटाउन आग्रह गरेको हाट बजार संचालन समितीका अध्यक्ष भवान सिंह चैसिरले बताए । 
 

कमेन्ट लोड गर्नुस