सुदूर नेपाललाई विश्वसँग जोड्दै

तस्विरमा बाजुरा जीप दुर्घटना

२०७६ पुष १७, ०५:४३ खबर संवाददाता

बाजुराको कर्णाली नदीमा जीप खस्दा ज्यान गुमाएका ४ जनाकै सनाखत भएको छ। कर्णाली करिडोर अन्तर्गत कालापडा भिरबाट कर्णाली नदीमा जीप खस्दा ४ जनाको मृत्यु भएको थिया। मृत्यु हुनेमा जीप मालिक समेत रहेका चालक बाजुराको जगन्नाथ गाउँपालिका ५ का  २७ बर्षीय रमेश वहादुर शाही, हिमाली गाउँपालिका वडा नम्वर ६ का ३६ बर्षीय पवन भण्डारी र कैलाली जिल्ला मोहन्या गाउँपालिका ५ का ३३ बर्षीय दिनेश कुमार घर्तीमगर र मुगुको कर्मारोड गाँउपालिका ८ की ३८ बर्षीय प्रेमा लामाको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटका अनुसार बाजुरा स्वार्मीकार्तीक खापर गाउँपालिका –४ वाई बस्ने १३ बर्षीय सुशिला विक अझै वेपत्ता छिन्। उनको खोजी कार्य जारी रहेको प्रहरी नायव उपरिक्षक भाटले बताए। दुर्घटनामा परि ४ जना घाईते भएका छन्। मुगुका २० बर्षीय गोम्चो लामा, सोही ठाउँका २१ बर्षीय टोर्चे लामा, बाजुरा बुढिनन्दा ६ की २२ बर्षीय सरु विक र उनकी २ बर्षकी छोरी घाईते भएकी छिन्।

उनीहरु मध्ये टोर्चे र सरुको अवस्था गम्भिर रहेको छ। चरै जना घाईतेलाई सेनाको हेलिकोप्टर मार्फत उपचारका लागि कोहलपुर लगिएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार से १ ज १०६४ नम्बरको जीप बिहीबार दिउँसो कर्णाली नदीमा खसेपछि चार जनाको मृत्यु भएको थियो। हिमाली गाउँपालिकामा भीरबाट कर्णाली नदीमा जीप खसेको थियो। जीप दुर्घटनाको कारण भने खुलेको छैन्। 
 

 

 

कमेन्ट लोड गर्नुस