सुदूर नेपाललाई विश्वसँग जोड्दै

लमजुङमा अलैँची उत्पादन बढ्दो :मूल्य घट्दो

२०७६ पुष १७, ०४:२७ खबर संवाददाता

अलैँची खेती गर्ने किसानको संख्या बढ्नुका साथै अलैँची खेतीको क्षेत्र विस्तारसँगै लमजुङमा अलैँची उत्पादन बढ्दै गएको छ। ‘अलैँची खेती गर्ने किसानको संख्या बढेको छ। अलैँची खेतीको क्षेत्र विस्तार पनि भएको छ। त्यसैले लमजुङमा अलैँची उत्पादन बढ्दो छ,’ नेपाल अलैँची व्यवसायी महासंघ, गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङले भने। उनका अनुसार अघिल्लो वर्ष जिल्लामा झण्डै ९ सय हेक्टर क्षेत्रफल जमिनबाट ६ सय ५० क्विन्टल अलैँची उत्पादन भएको थियो।

लमजुङमा यस वर्ष २ हजार क्विन्टल अलैँची उत्पादन भएको छ। ‘यस वर्ष लमजुङमा अहिलेसम्मकै बढी २ हजार क्विन्टल अलैँची उत्पादन भएको छ। जिल्लामा यस वर्ष १ हजार ५० हेक्टर क्षेत्रफलमा अलैँची लगाइएको थियो,’ उनले भने। जिल्लामा उत्पादित अलैँची बिक्रीबाट यसवर्ष १२ करोड रुपैयाँ लमजुङ भित्रिएको उनले बताए। गएको वर्ष लमजुङमा अलैँची बिक्रीबाट ५ करोड रुपैयाँ आम्दानी भएको थियो।

लमजुङका प्रायः सबै किसानले यस वर्ष उत्पादित अलैँची बिक्री गरिसकेका छन्। किसानले यस वर्ष प्रतिकेजी ५ सय ५० रुपैयाँदेखि ६ सय ४० रुपैयाँसम्म अलैँची बिक्री गरेका छन्। जिल्लामा अलैँची उत्पादन बढ्दै गए पनि अलैँचीको मूल्यमा गिरावाट आएसँगै किसान निराश बनेका छन्। गएको वर्ष किसानले प्रतिकेजी ६ सयदेखि ७ सय ५० रुपैयाँसम्ममा 
नेपालमा उत्पादित अलैँची सोझै तेश्रो मुलुक निर्यात हुन नसक्नु, अलैँची बिक्रिका लागि भारतको भर पर्नुपर्ने लगायतका कारणले पनि अलैँचीको मूल्य बर्से्नि घट्दै गएको छ।

‘नेपालको अलैँची सिधै तेश्रो मुलुक जाँदैन, भारतको भर पर्नुपर्छ। भारतले अहिले आफ्नो उत्पादन बढाएको छ। आफ्नो अलैँची बिक्री गरेपछि मात्रै भारतले नेपालको अलैँची किन्छ,’ अजयले भने, ‘त्यसैले पनि नेपालमा उत्पादित अलैँचीको बजार मूल्य घट्दै गएको छ।’ उनका अनुसार नेपालमा उत्पादित अलैँची भारत हुँदै बंगलादेश, साउदी, कतार लगायतका खाडी मुलुकमा पुग्छ।
 

कमेन्ट लोड गर्नुस