बार्षिकोत्सवको अवसरमा ग्लोवल बैंकद्धारा धनगढीको कपडा बैंकलाई कपडा हस्तान्तरण
ग्लोवल आईएमई बैंक सुदूरपश्चिमक प्रदेश कार्यालयले आफ्नो १३ औँ बार्षिकोत्सवको असवसरमा धनगढीको कपडा बैंकलाई कपडा हस्तान्तरण गरेको छ। संस्थागत समाजिक उत्तरदायित्व अन्तरगत १३ औँ बार्षिकोत्सवको अवसरमा ग्लोवल आईएमई बैंकको सुदूरपश्चिम प्रदेश कार्यालयले ५ सय थान कपडा हस्तान्तरण गरेको हो।
विहिवार पर्न गएको वर्षिकोत्सवको अवसरमा कैलाली कञ्चनपुरका ९ वटा शाखाका कर्मचारीहरुबाट संकलन भएका ५ सय थान कपडा धनगढी उप–महानगरपालिकाको वडा नम्बर ४ मा रहेको कपडा बैंकलाई हस्तान्तरण गरिएको ग्लोवल आईएमई बैंक सुदूरपश्चिम प्रदेश कार्यालयका उप–प्रमुख मुकुन्द भट्टले बताए।
पछिल्लो केही दिन यता बढेको जाडो संगै बैंकमा कपडा अभाव भएको खवर पाएपछि बार्षिकोत्सवको अवसरमा बैंकमा नै पुगेर कपडा हस्तान्तरण गरेको उनले बताए। विगतमा संकलन भएका कपडाहरु वितरण भईसकेकाले बैंकमा कपडा अभाव भएको थियो। बैंककी सम्पर्क व्यक्ति ज्ञानु शाहका अनुसार ग्लोवल आईएमई बैंकले विहिवार ५ सय थान कपडा हस्तान्तरण गरेसंगै वितरण गर्न सहज हुनेछ।