‘म चुपी बोकेर पत्रकारिता सिध्याउँदै हिडेको छैन्’ : सञ्चारमन्त्री बाँस्कोटा
सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार पत्रकारिता सिध्याउन नभई व्यवस्थित बनाउन लागिरहेको बताएका छन्। धनगढीमा नेपाल पत्रकार महासंघ कैलालीको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले पत्रकारिता क्षेत्र भित्र रहेका थुप्रै विकृति र समस्याको सुधार गर्दै पत्रकारितालाई व्यवस्थित बनाउन सरकार लागेको बताए।
‘म चुपी (हतियार) बोकेर पत्रकारिता सिध्याउँदै हिडेको छैन्, बरु नेताहरु कार्यकर्ता सिध्याउँदै हिड्छन्।’मन्त्री बाँस्कोटाले भने। ‘मैले गर्दैन् त्यो, त्यसैले एकदम स्पष्ट हुनुस हाम्रो प्रेसलाई मर्यादित, आलोचनात्मक चेत भएको क्षमता सहितको सबल प्रेस बनाउनका निम्ति हामी लागिपरेछौँ।’
सरकारले प्रेस स्वतन्त्रता संकुचित पार्ने गरी सूचना प्रविधि विधेयक ल्याएको भन्दै आलोचना भईरहेका बेला सञ्चारमन्त्री बाँस्कोटाको यस्तो भनाई आएको हो। उक्त विद्येयक संसदको विकास तथा प्रविधि समितिबाट पारित भइसकेको संसदबाट समेत पारित भएर राष्ट्रपतिले प्रमाणित गरेपछि कार्यान्वयनमा जाने छ।