धनगढीमा मोटरसाईकल दुर्घटना हुँदा एक जना गम्भिर
धनगढी– बुधवार राती मोटरसाईकल दुर्घटना हुँदा एक जना गम्भिर घाईते भएका छन्। धनगढी उप–महानगरपालिकाको वडा नम्वर ७ का २२ बर्षीय विजय चौधरी गम्भिर घाईते भएका हुन्। वडा नम्वर मा से ३ प २०८६ नम्वरको मोटरसाईकल आँफै अनियन्त्रीत भएर मोतिराम भट्टको शालिकमा ठोक्किदा चौधरी घाईते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकास कार्कीले उनको अवस्था गम्भिर रहेको बताए। सेती प्रादेशिक अस्पतालले उनको थप उपचारका लागि कोहलपुर रेफर गरेको प्रहरी निरिक्षक कार्कीले बताए।