सुदूर नेपाललाई विश्वसँग जोड्दै

झुलाघाट नाका भएर घुम्न आउने पर्यटकलाई बैतडीमा निःशुल्क खाना र बस्ने व्यवस्था

२०७६ पुष १६, ०३:३४ खबर संवाददाता

बैतडीमा घुम्न आउने पर्यटकलाई निःशुल्क खान र बस्न व्यवस्थागर्ने निर्णय भएको छ। नेपाल भ्रमण वर्ष २०२० को अवसरमा पश्चिम नेपालको झुलाघाटबाट नाकाबाट नेपाल घुम्न आउने विदेशी पर्यटकलाई बैतडीका होटल व्यवसायीले नयाँ वर्षको पहिलो दिन निःशुल्क खाना र बास दिने निर्णय गरेका हुन्। बैतडी घुम्न आउने पर्यटकलाई प्यारा ग्लाईडिङमा उडाएर बैतडीको टिपिकल खाना बटुक, माणा, मकैको रोटी र छाँच (मोही), बैतडीको चाकासहितको अर्गा्निक मह खुवाउँने कार्यक्रम रहेको उद्योग बाणिज्य संघ बैतडीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय र उद्योग बाणिज्य संघ बैतडीको अगुवाईमा नयाँ वर्ष २०२० को पहिलो दिन बुधबार झुलाघाट नाकामा पर्यटकलाई नेपाली ढाका टोपी, माला र खादा ओढाउने कार्यक्रम रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए। अंग्रेजी नयाँ वर्ष २०२० को पहिलो दिन झुलाघाटमा पर्यटकलाई स्वागत गर्ने कार्यक्रम रहेको उनले बताए। 

भ्रमणका लागि बैतडीको त्रिपुरासुन्दरी, एसियाकै लामो दाबी गरिएको पातालभूमेश्वर गुफा र तलाउ मुख्य आकर्षण रहेका छन्। बैतडीबाट अपी शैपाल हिमालको दृश्यावलोकन गर्न सकिन्छ। बैतडी बाहेक सुदूरपश्चिमको खप्तड, शुक्लाफाँटा, घोडाघोडी ताल, रामारोशन लगायतका उत्कृष्ट गन्तव्य रहेका छन्। पश्चिम नेपालको पुरानो चल्तीको नाका झुलाघाट भएर नेपाल घुम्न आउने विदेशी पर्यटकलाई नयाँ वर्षको उपलक्षमा पहिलो निःशुल्क खाना निःशुल्क खाना र बासको व्यवस्था मिलाईएको उद्योग बाणिज्य संघ बैतडीका अध्यक्ष नरबहादुर चन्दले बताए।

प्रशासनको आग्रहमा विशेष पर्यटकलाई विशेष छुट दिन उद्योग बाणिज्य संघलाई अनुरोध आएकोमा होटल व्यावसायिले पहिलोदिन पर्यटकलाई खान र बस्न निःशुल्क व्यवस्था मिलाएइएको उनले बताए। झुलाघाट नाका भएर नेपाल घुम्न आउने पर्यटकलाई बैतडीमा एक दिन निःशुल्क खाना र बास बस्न होटलहरुमा व्यवस्था मिलाएको चन्दले बताए।

कमेन्ट लोड गर्नुस