सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको भादा होमस्टेमा प्रवर्द्धनका कार्यक्रम सञ्चालनमा ढिलाई

२०७६ पुष १६, ०१:०९ रोशन भट्ट

धनगढीको भादा होमस्टेमा प्रवद्र्धन सम्बन्धि कार्यक्रम सञ्चालन गर्न ढिलाई भएको छ। उप–महानगरपालिकाको वडा नमबर १६ मा रहेको होमस्टेलाई थप व्यवस्थीत गरि पर्यटक भित्र्याउने लक्ष्य सहित सुरु हुने भनिएको प्रवद्र्धन सम्बन्धि कार्यक्रम सञ्चालन गर्न ढिलाई भएको हो।

३० अप्रिल २०१९ अर्थात २०७६ बैषाख १७ गते धनगढी उप–महानगरपालिका, जर्मन दुतावास र भादा होमस्टेले प्रवद्र्धनका कार्यक्रम संञ्चालन गर्ने भन्दै सम्झौता गरेका थिए। जस्मा धनगढी उप–महानगरपालिकाले २८ लाख ५० हजार, जर्मन दुतावासले १९ लाख २० हजार र होमस्टेले ४ लाख ५५ हजार लगानी गर्ने उल्लेख छ। २०१९ कै डिसेम्वर अर्थात आज सम्म कार्यक्रम सम्पन्न हुन पर्ने हो तर कार्यक्रम सुरु नै भएको छैन्।

होमस्टे र उप–महानगरपालिकाले गर्ने काम संञ्चालन भईरहेको होमस्टेका अध्यक्ष लक्ष्मी नारायण चौधरीले बताए। ‘जर्मन दुतावासको बजेट कार्यन्वयन गर्ने जिम्मा पाएको पर्यटन विकास समाज (टिडिएस) ले भने काम सुरु गरेको छैन्।’ उनले भने। 

तिनै निकायको बजेट आधा करोड भन्दा बढी अर्थात ५२ लाख २५ हजार हुन आउँछ। उक्त रकमबाट प्राविधिक तालिम, फोहरमैला व्यवस्थापन, सामुदायिक भवनमा सोलार प्यानल जडान, सुधारीएको चुलो निर्माण लगायतका अन्य प्रवद्र्धनका कार्यक्रम संञ्चालन गर्नु पर्ने थियो।

यता उप–महानगरपालिकाले २८ लाख ५० हजार दिने निर्णय गरेपनि बजेट नहुँदा समस्या भएको दावी गरिएको छ। तर झण्डै १५ लाख बजेट आन्तरिक स्रोतबाट खर्च गर्ने गरि काम सुरु गरिएको उप–महानगरपालिकाको तर्फबाट होमस्टे प्रवद्र्धन कार्यक्रमका संयोजक टेकराज भट्टले बताए।

जर्मन दुतावासको कार्यक्रम सञ्चालनको जिम्मा पर्यटन विकास समाजले पाएकोमा उक्त कार्यक्रम सञ्चालन नभएको दावी उनको छ। यता पर्यटन विकास समाज (टिडिएस) ले भने आफु मध्यस्तकर्ता मात्र भएको बताउदै सबै जिम्मेवारी उप–महानगरपालिकाको भएको जनाएको छ।

तर जर्मन दुतावासले प्रदान गर्ने रकम मध्ये पहिलो किस्ता झण्डै १० लाख निकासा भईसकेको छ। उक्त रकम टिडिएस संगै सुरक्षित रहेको पर्यटन विकास समाज (टिडिएस) का कार्यक्रम संयोजक सुमित शाहीले बताए। ‘२०१९ को डिसेम्बरमा काम सम्पन्न गर्नु पर्ने हो,’ शाहीले भने ‘विभिन्न कारणले ढिला हुन गयो, थप एक महिना समय मागेका छौँ।’
 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस