सुदूर नेपाललाई विश्वसँग जोड्दै

मिडियाले साँचो कुरा मात्र लेख्नुपर्छ : सञ्चार मन्त्री बास्कोटा

२०७६ पुष १४, ०२:४८ खबर संवाददाता

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मिडियाले साँचो कुरा मात्र लेख्नुपर्ने बताएका छन्। कैलालीको लम्कीमा सञ्चालनमा आएको लम्की एफएमको उद्घाटन गर्दै सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री बास्कोटाले मिडियाले यथार्थ कुरा मात्र लेख्नुपर्ने बताएका हुन्।

उनले सञ्चार माध्यमले सहीलाई सही र झुठोलाई झुठो भन्न सक्नुपर्ने पनि बताए। यस्तै श्रमजीवी ऐन कार्यान्वयनमा पनि सञ्चार माध्यम जिम्मेवार बन्न मन्त्री बास्कोटाको सुझाव थियो।  हाईवे मिडिया प्रालीले सञ्चालन गरेको लम्की एफएम ९२ दशमलव १ मेगार्हजको उद्घाटन गरेर सञ्चार मन्त्री बास्कोटा धनगढी आईपुगेका छन्।  
 

कमेन्ट लोड गर्नुस