सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको कृष्णपुर नगरपालिका आधारभुत स्तरकै स्वास्थ्य सेवा प्रदान गर्न असफल

२०७६ पुष १४, १२:११ रोशन भट्ट

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा जनप्रतिनिधि आएको ढाई वर्ष हुँदा पनि आधारभुत स्तरको स्वास्थ्य सेवा समेत पाउन मुस्कील भएको छ। दुई दशकदेखि जनप्रतिनिधि विहिन स्थानीय तहमा सिंहदरबार नै आएको नारा लगाईए पनि कृष्णपुरका नगरवासीले आधारभुत स्वास्थ्य सेवा पाउन नसकेका हुन्।

स्वास्थ्य तर्फको धेरै अधिकार स्थानीय तहलाई दिईएको छ तर सेवा प्रवाहमा कुनै फरक नदेखिएको स्थानीय लेखराज जोशीले बताए। ‘समान्य उपचारको लागि पनि महेन्द्रनगरका निजी क्लिनिक तथा महाकाली अस्पताल र धनगढीको सेती प्रादेशिक अस्पताल धाउनुपर्ने बाध्यता छ।’ जोशीले भने ‘गाउँमै आएको सिंहदरबारले स्थानीयका सबै समस्या समाधान गर्ने दावी गरेपनि समान्य स्वास्थ्य सेवा लिन अन्यत्र भौतारिनुपर्ने बाध्यता हट्न सकेको छैन्।’

९ वटा वडा रहेको कृष्णपुरमा ६ वटा मात्रै स्वास्थ्य संस्था रहेका छन्। त्यसमा पनि अधिकांश सेवा सुचारु हुन सकेको छैन्। विगत लामो समयदेखि घर नजिकै स्वास्थ्य सेवा पाउनबाट वञ्चित कृष्णपुरका स्थानीयमा जनप्रतिनिधि आएसंगै धेरै विषयमा सहजता तथा सुधार हुने आशा पलाएको थियो।

तर स्थानीय तहमा निर्वाचन भएको ढाई वर्ष हुँदा पनि कृष्णपुरका वासिन्दालाई सिंहदरवार आएको अनुभुती हुन नसकेको हो। स्थानीय तहलाई १५ शैया सम्मको अस्पताल संञ्चालनको अनुमती संगै आधारभुत स्वास्थ्य सेवाको जिम्मेवारी दिईएको छ।

तर नगरपालिकामा दुई वटा सहरी स्वास्थ्य केन्द्र, दुई वटा स्वास्थ्य चौकी र दुई वटा स्वास्थ्य इकाई रहेको नगरपालिकाका स्वास्थ्य संयोजक नन्दलाल वोहराले बताए। कृष्णपुरमा ६ वटा स्वास्थ्य संस्था भएपनि दुईवटा मात्रै वर्थिङ सेन्टर रहेको छ।

प्रत्येक वर्ष स्वस्थ्यमा मात्रै लाखौँ बजेट खर्च गर्दै आएको नगरपालिकाले चालु वर्षमा स्वास्थ्य सेवा सुधारका लागि २० लाख बजेट विनियोज गरेको छ। जसमा १० लाख बराबरको औषधी पहिलो चरणमा खरिद गरिएको छ। औषधी खरिदमा लागानी गर्दै आएको नगरपालिकाले सेवा सुधारमा भने लगानी नगरेको हो।

१५ शैयाको अस्पताल निर्माण गर्नको लागि नगरपालिका आन्तरिक तयारीमा जुटेको प्रमुख प्रशासकिय अधिकृत विष्णुदत्त भट्टले बताए। ‘तर प्रक्रिया भने अगाडी बढन सकेको छैन्।’ उनले भने।
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस