चिसो बढेपछि कैलालीको घोडाघोडीमा तीन दिन विद्यालय बिदा
२०७६ पुष १३, ०७:०५
कैलाली: अत्यधिक चिसो बढेपछि कैलालीको घोडाघोडी नगरपालिकाले तीन दिन विद्यालय विदा दिने निर्णय गरेको छ।
आइतबार बसेको शिक्षासम्बद्ध पदाधिकारी र प्रधानाध्यापकको बैठकले नगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा विदा दिने निर्णय गरेको हो।
नगरपालिकाले सूचना जारी गरी पुस १४, १५ र १६ गते बिदा दिने निर्णय गरिएको जानकारी दिएको छ। मौसममा सुधार आए विद्यालय सञ्चालन गर्ने र प्रतिकुल भएमा बिदा थप गरिने नगरपालिकाले जनाएको छ।
कमेन्ट लोड गर्नुस