डडेल्धुरामा घर भत्किँदा बालकको मृत्य, आमा गम्भीर घाइते
२०७६ पुष १३, ०६:११
डडेल्धुरा: डडेल्धुरामा घर भत्किँदा एक बालकको मृत्यु भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिका–१ ओलीगाउँका यज्ञबहादुर ओलीको घर भत्किएर उनका दुई वर्षीय छोरा किरण ओलीको घटनास्थलमै मृत्यु भएको हो ।
घर भत्किएर केशवकी ३५ वर्षीया श्रीमती तारादेवी गम्भीर घाइते भएकी छन्।
उनको डडेल्धुरामा उपचार भइरहेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कमेन्ट लोड गर्नुस