सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा खैरो हिरोईन सहित तीन जना पक्राउ

२०७६ पुष १३, ०४:१७ खबर संवाददाता

 कैलालीमा लागु औषध खैरो हिरोईन सहित तीन जनालाई पक्राउ गरिएको छ। विशेष सूचनाका आधारमा जिल्लाको जानकी गाउँपालिका वडा नम्बर १ को दुर्गौली सडक खण्डबाट लागु औषध खैरो हिरोईन सहित शनिबार तीनजालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी घर भएका ४६ वर्षीय सुनिल गुप्ता, लम्कीचुहा नगरपालिका १ का ३६ वर्षीय राजु अवस्थी र लम्कीकै २१ वर्षीय असलम कुरेसी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकाश कार्कीले जानकारी दिए।

उनीहरुलाई २० ग्राम तीन सय २० मिलीग्राम खैरो हिरोईन लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको कार्कीले बताए। उनीहरुको साथबाट युपी ३१के८९७२ नम्बरको भारतीय मोटरसाईकल र अस्थाई नम्बर  स्टेट २–०३–लम्की–००५ प ७७२६ भएको मोटरसाईकल पनि बरामद गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस