बाजुरामा हिउ प्रभावित बालबालिकालाई न्यानो कपडा वितरण
बाजुरामा हिउँ प्रभावित बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ। जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर ७ मा रहेको सरस्वती आधारभुत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो।
सञ्चार माध्यमममा विद्यार्थीहरुलाई हिउँमाथि राखेर पढाई रहेका समाचार सार्वजनिक भएपछि राहात स्वरुप बालबालिकालाई न्यानो लुगा वितरण गरिएको वडा अध्यक्ष धर्मराज पाध्यायले बताए। विद्यालयमा अध्ययरत एक सय ५० जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो।
सामाजिक सेवा समुहको आर्थिक सहयोग तथा बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष पाध्यायको समन्वयमा न्यानो कपडा वितरण गरिएको विद्यार्थीलाई पठनपाठनमा सहज होस भन्ने उद्देश्यले स्वीटर, टोपी लगायतका शैक्षिक सामग्री समेत वितरण गरिएको हो।
समुहका अभियान्ता सिदार्थ गौतमले सामाजिक सेवा समुहले बिकट ठाउँमा रहेको विपन्न परिवारका बालबालिकालाई न्यानो कपडा वितरण गर्ने अभियान अन्तरगत नै सहयोग गरिएको बताए।