सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा सुत्केरीको सेनाको हेलीकोप्टर मार्फत उद्धार

२०७६ पुष ११, ०५:१९ खबर संवाददाता

बझाङ– जिल्लाको छविसपाथीभेरा गाउँपालिका वडा नम्बर ४ की ३६ बर्षिया कविता दर्जीको हेलीकोप्टर मार्फत उद्धार गरिएको छ। जिल्ला अस्पतालमा दर्जीको शल्यक्रिया मार्फत बच्चा निकालीएको थियो। दुई दिन अघि सुत्केरी ब्यथा लागेपछि दर्जी लाई जिल्ला अस्पतालमा पुगाईएको आफन्तले बताएका छन्।

जिल्ला अस्पताल बझाङका डाक्टर मिलन खड्काका अनुसार दुई दिन अघि नै शल्यक्रिया गरेर बच्चा निकाल्न भनिएको भए पनि उनका आफन्तहरुले नमान्दा शल्यक्रिया गर्न नसकीएको र अन्तिम चरणमा बच्चा नै उल्टो भएर हात निश्किएपछि अप्रेशन गर्नु परेको हो।

पाठेघर नखुम्चियको र लगातार रगत बग्न थालेपछि हेलिकोप्टर मार्फत उनलाई सुर्खेत रेफर गरिएको खड्काले बताए। नेपाली सेनाको हेलीकोप्टर बाट दर्जीको उद्धार गरिएको हो। 

कमेन्ट लोड गर्नुस