धनगढीमा गोरुको हत्या गर्ने तीन जना पक्राउ
धनगढी: धनगढीमा गोरुको हत्या गर्ने तीन जनालाई पक्राउ गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको सरस्वती सामुदायिक वनमा धारिलो हतियार प्रयोग गरी गोरुको हत्या गर्ने स्थानीय तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा २० वर्षका यज्ञ सार्की, २२ वर्षीय प्रकाश सार्की र २० वर्षीय देब सार्की रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकाश कार्कीले स्थानीय देउसरी सार्कीले जंगलमा छोडी दिन भन्दै पठाएको गोरुको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा फेला परेको बताए। पक्राउ परेकाहरु विरुद्ध पशुपन्छी सम्बन्धी कसुर शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको उनले जानकारी दिए।