सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमै कर्मचारी अभाव

२०७६ पुष ११, ०३:३९ रोशन भट्ट

सुदूरपश्चिम प्रदेशमा कर्मचारी व्यवस्थापन गर्ने जिम्मेवारी पाएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमै कर्मचारीको अभाव देखिएको छ। ५२ जनाको दरबन्दी रहेको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा २२ जनाको मात्र पदपूर्ती भएको छ।

अन्य १३ जना करार सेवामा भर्ना गर्दै कार्य सम्पादन गरिरहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सूचना अधिकारी जगदिश जोशीले अहिले कुल दरबन्दीको आधा कर्मचारीको पनि व्यवस्थापन गर्न नसकिएको बताए।

‘कर्मचारी अभावका कारण कार्य सम्पादन गर्न समस्या भईरहेको छ’ जोशी भने ‘अहिले कार्यालयलाई बढी समय दिएर पनि काम गरिरहेका छौँ,’ ‘काम रोकिएको छैन्।’ तीन सचिवको दबरन्दी रहेकोमा अहिले दुई जना मात्रै कार्यरत छन्, छ उपसचिवको दरबन्दी हो तर एक जना मात्रै छन्।

शाखा अधिकृतको दरबन्दी आठ छ, अहिले तीन जना मात्रै रहेको जोशीले दिनेश खबरलाई बताए। १० जना नायब सुब्बा र दुई जना खरिदारको भने पदपूर्ती भएको छ। कमप्युटर शाखामा एकजना, अपरेटर चार, हलुका सवारी चालक छ र  सात कार्यालय सहयोगीको पनि पदपूर्ती भएको सूचना अधिकारी जोशीले जानकारी दिए।  

कर्मचारी व्यवस्थापनको जिम्मेवारी पाएको मुख्यमन्त्री कार्यालयमै कर्मचारी अभाव रहेको हो। यस्तै प्रदेश भर दुई हजार तीन सय ११ जना कर्मचारीको दरवन्दी रहेकोमा अहिले सम्म एक हजार तीन सय ५६ जनाको पदपूर्ती भएको छ। कर्मचारी समायोजनमा भएको ढिलाईले व्यवस्थापन गर्न समस्या भएको दावी गरिएको छ। 
     
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस