डडेल्धुरामा ट्रक र कार ठोक्किदा श्रीमती सहित वडा अध्यक्ष घाईते
डडेल्धुरामा ट्रक र कार एक आपसमा ठोक्किदा श्रीमती सहित वडा अध्यक्ष घाईते भएका छन्। जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ हगुल्टेमा ट्रक र कार एक आपसमा ठोक्किदा बझाङको खप्तड छान्ना गाउँपालिका २ का अध्यक्ष डबलबहादुर सिह र उनकी श्रीमती जानकीदेवी सिह घाईते भएको प्रहरीले जनाएको छ।
प्रदेश ट्राफिक प्रहरी अत्तरियाका अनुसार बझाङबाट अत्तरिया आउँदै गरेको ना १क ७८४२ नम्बरको ट्रकले विपरीत दिसाबाट आईरहेको प्रदेश ३–०१–००२२ च ५७१८ नम्बरको कारलाई ठक्कर दिदा दुवैजना घाईते भएका हुन्।
दुवैजना कारमा सवार थिए। घाईतेलाई उपचारका लागि धनगढी ल्याईएको भएपपनि अवस्था भने समान्य रहेको प्रहरीले जनाएको छ।