मानव सेवा आश्रमलाई १२ हजार बराबरको खाद्यान्न सहयोग
२०७६ पुष १०, ०५:४८
धनगढी: मानव सेवा आश्रम धनगढीलाई १२ हजार बराबरको खाद्य समाग्री सहयोग गरिएको छ। धनगढीका युवा रामचन्द्र कापडीले उक्त सहयोग गरेका हुन।
उनले केहि साथीहरुबाट र बाँकि आफ्नै रकमबाट दुई कट्टा चामल, पाँच केजी दाल, पाँच केजी चिनि, दुई पेटी चाउँचाउ, बिस्कुट, मसला लगायतका खाद्य समाग्री हस्तान्तरण गरेका हुन्। मानविय सेवा स्वरुप खाद्य सामाग्री सहयोग गरिएको कापडीले बताए।
कमेन्ट लोड गर्नुस