बाजुरामा हतियार र वन्यजन्तुको छाला सहित ७ जना पक्राउ
जिल्ला प्रहरी कार्यलय बाजुराले बन्यजन्तुको चोरी शिकारीमा संग्लन ७ जनालाई हतियार सहित प्रक्राउ गरेको छ। उनिहरुलाई बुढिनन्दा नगरपालिका पाण्डुसेनबाट प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक उद्धब सिंह भाटले वताए।
पक्राउ पर्नेमा बुढिनन्दा नगरपालिका ८ का ५९ बर्षिय आईत बोहरा, ३१ बर्षका बल बहादुर बोहरा, २५ बर्षका मनिचन्द्र बोहरा, ४० बर्षका कबिन्द्र बोहरा, ३२ बर्षका दल कामी, १९ बर्षका पृथ्वी बोहरा र वडा नम्बर १० का ४८ बर्षका पृथ्वीबहादुर सिंह रहेको जिल्लाप्रहरी कार्यलय बाजुराले जनाएको छ। उनिहरु बाट ४ थान भरुवा बन्दुक बरामत गरिएको छ।
साथै प्रहरीले कबिन्द्र बोहराको घरबाट अबैध रुपमा बन्यजन्तुको शिकार गरी राखेको जंगली जनावरको छाला बरामत गरेको छ। जंगली जनवार थारा, घोरल, रतुवाको ५ थान छाला बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखेर छानबिन सुरु गरेको छ।
पक्राउ परेका ७ जनालाई मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १ सय ३२ बमोजिम हातहतियार खरखरजना सम्बन्धि कसुर मुद्धा दर्ता गरि कानुनी कार्यवाही अगाडी बढाईएको छ। हिमाली भेगमा हिमपात सँगै चोरी शिकार बढेपछि प्रहरीले सक्रियता बढाएको छ। प्रहरी प्रमुख भाटका अनुसार प्रहरीको गस्ती बढाएको र सम्भाबित क्षेत्रमा सर्च गर्ने गरेको वताए। हिमाली भेगमा हिमपातको समयमा चोरी शिकारी हुने गरेको छ।