बैतडीको मेलौली नगरपालिकाका ७ को कार्यालयमा तोडफोड
२०७६ पुष ९, ०८:४२
बैतडी: बैतडीको मेलौली नगरपालिकाका ७ को वडा कार्यालयमा तोडफोड गरी चोरी भएको छ। मंगलबार राति अज्ञात समूहले वडा कार्यालयमा तोडफोड र चोरी गरेको हो।
वडा कार्यालयको मूल ढोकाको ताल्चा तोडेर भित्र रहेको १ थान कम्प्युटर चोरेर लगेको इलाका प्रहरी कार्यालय मेलौलीका इञ्चार्ज, प्रहरी सहायक निरीक्षक जयलाल ऐरले जानकारी दिए।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस