अछाममा वडा कार्यालय र प्रहरीद्वारा आठ छाउगोठ भत्काइयो
अछाम: अछाममा आठ वटा छाउगोठ भत्काइएको छ। अछामको विनायक–पञ्चदेवल नगरपालिका– ८ का आठ वटा छाउगोड भत्काइएको अछाम प्रहरीले बताएको छ।
नगरपालिकाको वडा नम्बर ८ को कार्यालय र अस्थाई प्रहरी पोष्ट बारलाको संयुक्त टोलीले छाउगोठ भत्काएका हुन्।
उक्त अभियानमा वडा समितिका पदाधिकारी, स्थानीय समाजसेवी, बृद्धिजिवि तथा महिलाहरुको सहभागिता रहेको थियो। उनीहरुले विभिन्न जनचेतना मुलक कार्यक्रम समेत गरेको बताएका छन्।