सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा बसको ठक्करबाट युवकको मृत्यु भएपछि स्थानीयद्धारा राजमार्ग अवरुद्ध

२०७६ पुष ९, ०२:५० खबर संवाददाता

डडेल्धुरामा मगंलबार बसले मोटरसाईकललाई ठक्कर दिदा युवकको मृत्यु भएको विषयलाई लिएर स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन्। मंगलबार दिउँसो बसको ठक्करबाट ज्यान गुमाएका युवकका आफन्तले भीमदत्त राजमार्ग र केआईसिंह राजमार्ग अबरुद्ध पारेका हुन्।

उनीहरुले मृतकको परिवारलाई क्षतीपूर्ती र बस चालकलाई कारवाहीको माग गर्दै उनीहरुले अमरगढी नगरपालिका–१ स्याउले बजारमा टायर बालेर सडक अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए।

मंगलबार महेन्द्रनगरबाट बझाङ जाँदै गरेको ना ७ ख ६५२२ नम्बरको बस र जिल्ला सदरमुकाम बागबजारदेखि सकायल तर्फ गइरहेको से ४ प ५८८० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार अमरगढी नगरपालिका वडा नम्बर ११ सल्लाघारीका २० वर्षीय भरत बोहराको मृत्यु भएको थियो।

दुर्घटनामा गन्यापधुरा गाउँपालिका–३ सेल्तडाका मोटरसाइकल चालक १९ वर्षीय महेन्द्र ठगुन्ना गम्भीर घाइते भएका थिए। ठगुन्नालाई धनगढी रेफर गरिएको छ। बस र बस चालक वीरेन्द्रबहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

 

 

कमेन्ट लोड गर्नुस