धनगढीको बेहडाबाबा मन्दिर र शिवपुरी धामलाई विशेष पर्यटकीय स्थल बनाईने दावी
धनगढीको बेहडाबाबा मन्दिर र शिवपुरी धामलाई विशेष पर्यटकीय स्थलको रुपमा विकास गरिने उपमहानगरपालिकाले दावी गरेको छ। उप–महानगरपालिकाले वेहडाबाबा मन्दिरलाई विशेष पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आवश्यक पर्ने भौतिक संरचना निर्माणका लागि झण्डै चार करोड बजेट विनीयोजन गरेको छ।
वडा नम्बर १६ मा रहेका प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल वेहडाबाबाको भौतिक संरचनासंगै अन्य पुर्वाधार निमार्णका लागि ठेक्का सम्झौता गर्दै काम थालिएको छ। बेहडाबाबालाई विशेष पर्यटीकय स्थलको रुपमा विकास गर्न चालु आर्थिक वर्षमा तीन करोड ९६ लाख विनीयोजन गर्दै कम्पाउण्ड वाल, ग्रिनरिवाल, फुटपात, रेलिङ, प्रवेश द्धार संगै मन्दिर देखि गंगा जल लिन जाने सडक निर्माणका लागि ठेक्का सम्झौता गरिएको हो।
दुई वर्षको निर्माण अवधी रहने गरी गत असारमा ठेक्का सम्झौता गरिएको भएपनि कार्तीकवाट काम सुरु भएको थियो। बेहडाबाबामा भौतिक संरचना र अन्य पूर्वाधार निर्माणको जिम्मा पाएको पिएस कन्सट्रक्सनका कामी शेर्पाले कात्र्तिकदेखि काम थालिएको बताए।
झण्डै चार करोड बजेटमा निर्माण हुने संरचनाको काम गर्न भने ढिलाई भईरहेको हो। असारमा सम्झौता भएपनि पाँच महिनापछि मात्रै काम सुरु गरिएको छ। यस्तै उप–महानगरपालिकाकै वडा नम्बर ४ मा रहेको धार्मिक तथा पर्यटकीय स्थल शिवपुरी धाममा चिल्ड्रेन पार्क निर्माण गर्न १० लाख बजेट माग गरिएको बताईएको छ।
तर उप–महानगरपालिकाले नै गत आर्थिक वर्षमा चिल्ड्रेन पार्क निर्माणको लागि गुरुयोजना तयार पार्न मात्रै पाँच लाख खर्च गरेको थियो। यो संगै गत वर्ष नै २५ लाख बजेट पार्कको तारवार गर्न खर्च भएको बताईएको छ। शिवपुरी धाममा मात्र धनगढी उप–महानगरपालिकाले गत आर्थिक वर्षमा २० लाखको पुल निर्माण र १० लाखको गुरुयोजना तयार पारेको जनाएको छ।
धनगढी उप–महानगरपालिकाका ईन्जिनियर दीजराज भट्टले शिवपुरी धामको विकासका लागि गत वर्ष मात्र ६० लाख बजेट खर्च भएको बताए। प्रदेशको एक मात्र उप–महानगरपालिका भित्र विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरु रहेका छन्। जसमा शिवपुरी धाम र बेहडाबाबा मन्दिरलाई व्यवस्थीत तथा आकर्षक वनाउन सके धेरै पर्यटक भित्र्याउन सकिने देखिएको छ।
धनगढी उप–महानगरपालिकाले मात्र विगत देखि नै लाखौँ खर्च गर्दै आएको थियो। तर उपलब्धी देखिएको छैन्। चालु वर्षको बजेटबाट आवश्यक संरचना संगै पुर्वाधार निर्माण गरी वाह्य पर्यटक भित्र्यउने धनगढी उप–महानगरपालिकाका प्रवक्ता सन्तोश मुडभरीको दावी छ।