धनगढीको कपडा बैंकलाई २ सय एक थान कपडा दान
धनगढी: धनगढीको कपडा बैंकलाई २ सय एक थान कपडा दान गरिएको छ। उप–महानगरपालिका– ४ शिवपुरी धाममा रहेको कपडा बैंकलाई पछिल्लो एक हप्तायता धनगढीकै विभिन्न स्थानका व्यक्तिहरुले कपडा दान गरेका हुन।
कपडा दान गर्नेहरुमा धनगढीमै रहेको साथी होटेलका संञ्चालक दिनेश भण्डारी, अपिनाम्पा होजियारी उद्योग, धनगढीकै स्थानीय पवन वडाल, दिलबहादुर शाही पार्वती महता, इश्वरी भट्ट, देवराज भट्ट रहेका छन्।
बैंक प्रत्येक दिन विहान ८ देखि १० र साँझ ४ देखि ६ बजेसम्म खुल्ला रहने गरेको बैंककि सम्पर्क व्यक्ति ज्ञानु शाहले बताईन। संकलन भएका कपडाहरु बैंकमार्फत निशुल्क वितरण गरिदै आएको छ।