डडेल्धुरामा बसले मोटरसाईकललाई ठक्कर दिदा युवकको मृत्यु, एक गम्भीर
डडेल्धुरामा बसले मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर १ मा महेन्द्रनगरबाट बझाङ जादै गरेको महाकाली यातायात प्रालीको ना ७ क ६५२२ नम्बरको बसले विपरीत दिसाबाट आईरहेको से ४ प ५८८० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा एकजनाको मृत्यु भएको हो।
बसको ठक्करबाट मोटरसाईकलमा सवारी अमरगढी नगरपालिका वडा नम्बर ११ का २० वर्षीय भरत बोहोराको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब निरिक्षक देवराज खत्रीले जानकारी दिए।
यस्तै मोटरसाईकल चालक गन्यापधुरा गाउँपालिका वडा नम्बर ३ का १९ वर्षका महेश ठगुन्नाको अवस्था गम्भीर रहेको र उनलाई धनगढी रेफर गरिएको प्रहरी नायब निरिक्षक खत्रीले बताए। बस र मोटरसाईकल जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ। बस चालक भने फरार भएका छन्।