सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेरि बढ्यो सुन–चाँदीको भाउ

२०७६ पुष ७, ०९:१३ खबर संवाददाता

छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले उकालो लागेर तोलाको ७१ हजार ९०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको बुधबारदेखि सुनको मूल्य तोलाको ७१ हजार ६०० रुपैयाँमा स्थीर रहेको थियो। यसदिन चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले उकालो लागेर तोलाको ८६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

अन्तर्रा्ष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंन्स १४ सय ९० डलर हाराहारीमा कारोबार भएको थियो।
 

कमेन्ट लोड गर्नुस