सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा हुण्डाईको रोड शो

२०७६ पुष ७, ०४:२९

डोटीमा हुण्डाईको रोड शो कार्यक्रम सम्पन्न भएको छ। हुण्डाई कम्पनीको सुदूरपश्चिमको आधिकारीक विक्रेता दिनेश फोर ह्विल्स धनगढीले सोमवार डोटीको पिपल्ला बजारमा रोड शो कार्यक्रम गरेको हो।

उक्त कार्यक्रममा सेन्ट्रो, भेन्यू र क्रेटा गरी तीन प्रकारका गाडी राखिएको थियो। दिनेश फोर ह्विल्सका व्यवस्थापक दिपेन्द्र ओझाका अनुसार रोड शो कार्यक्रममा एक सय जनाले अवलोकन गरेका थिए। कार्यक्रममा एउटा गाडी एक्सचेन्ज र एउटा बुकिङ भएको समेत उनले बताए। उक्त कार्यक्रममा आकर्षक छुट, एक्सचेन्ज बोनस, एक बर्षको विमा, कर लगायतमा छुटको व्यवस्था राखिएको थियो भने फाईनान्सको सुविधा समेत रहेको थियो। हुण्डाई कम्पनीको गाडीको मूल्य २२ लाख ९६ हजारदेखि एक करोड ४५ लाख सम्म रहेको छ। सुदूरपश्चिममा ग्राहकको मन जित्न सफल हुण्डाईको मार्केट शेयर ६० प्रतिशत रहेको ओझाले बताए।

कमेन्ट लोड गर्नुस