सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा विद्यार्थीलाई अपराधिक गतिविधि सम्बन्धी सचेतना जगाउँदै प्रहरी

२०७६ पुष ४, ०४:४३ खबर संवाददाता

डडेल्धुरा: जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जिल्लाका विभिन्न विद्यालयहरुमा पुगेर विद्यार्थीलाई अपराधिक गतिविधिका बारेमा सचेत गराउँदैछ। विद्यालय तथा घरपरिवारमा जानेर तथा अनजानमा हुने अपराधिक क्रियाकलापमा संलग्न हुनबाट बच्न र बचाउन सचेतना कार्यक्रम आयोजना गरिएको बताइएको छ। 

शुक्रवार अजयमेरु गाउपालिका– १ मा रहेको प्राविधिक धारको विद्यालय बालकल्याण माविका कक्षा ८ देखि १२ सम्मका सबै विद्यार्थीलाईसामु सचेतना कार्यक्रम गरिएको प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरक्षक बलराम पाण्डेयले बताए । किशाोर अवस्थाका उमेर समुहका बालबालिकाहरु बढि अपराधिक गतिविधिमा समावेश भईरहेका बेला उनीहरुलाई त्यस्तो क्रियाकलापबाट टाढा राख्न समुदाय प्रहरी साझेदारि कार्यक्रम अन्तर्गत विद्यार्थीलाई सचेतना गरिएको जनाएको छन।

विद्यालयमा अपराधिक गतिविधिका बारेमा सचेतना जगाउँदै त्यस्ता क्रियाकलापमा संलग्न व्यक्तिलाई हुने  कानुनी सजायको बारेमा समेत जानकारी गराईएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएका छ। मादक पदार्थ तथा जुवातासबाट हुनजाने घट्ना निषेध गर्न प्रहरी सक्रिय हुने जनाएको छ। 

साथै जिल्लाका विभिन्न विद्यालयसगैं बालकल्याणमा पुगेर ट्राफिक नियम र सकेंतका बारेमा  समेत जानकारी दिएको छ। विभिन्न स्थानमा स्थानीय तहको सहकार्यमा ट्राफिक सचेतनामुलक होडिङबोर्ड लगाएको र ठाँउ–ठाउँमा चालक र सहचालको मापसे परिक्षण समेत भईरहेको बताउँदै विद्यालयमा पुगेरपनि सचेतना कार्यक्रम भईरहेका ट्राफिक प्रहरी प्रमुख दिलबहादुर खत्रीले बताए ।

प्रहरीसगैं शसस्त्र प्रहरीले र अन्य सुरक्षाका अगंहरुले समाजिक गतिविधीलाई निगरानीमा राख्ने छ। प्रहरीले विशेष योजना बनाई सुरक्षाको प्रत्याभुति हुने खालका आफ्ना गतिविधी बढाई रहेको प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए। वालवालिकालाई सचेत गराउँदा घरपरिवार पनि सुध्रिने प्रहरीको भनाई छ।

चोरी, झगडाका साथै सवारी दुर्घटना समेत हुन नदिन प्रहरीले चनाखो भई विद्यार्थीलाई सचेत गराई रहेको छ। ग्रामिण भेगमा हुने जुवातास र जाडँरक्सीको प्रयोग बढिरहेकाले प्रहरीले सचेत भई शान्ति सुरक्षा दिने र गलतकार्य नगर्न विद्यार्थीलाई सचेतिकरण गरि रहेको जनाएको छ। प्रहरीले जिल्लाका दुई दर्जन बढी विद्यालयका बालबालिकालाई सचेत गराएको जानकारी दिएको छ। 

कमेन्ट लोड गर्नुस