सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराकी १ सय २१ वर्षीया पार्वती खड्का : आशिर्वाद दिने आमा

२०७६ पुष ३, ०७:३९ खबर संवाददाता

बरुण पनेरु
डडेल्धुरा– घरीघरी पनातीको छोरा समात्न खोज्छिन् सक्दिनन, आफैंलाई उठाएर वाहिर भित्री गर्नुपर्ने उमेरमा पनि उनलाई सनाती खेलाउने रहर जागिरहन्छ। कान कम सुन्छिन, आँखा पनि कमै ंदेख्छिन्। तर पनि अमरगढी नगपालिका– ६ की पार्वती खड्कालाई १ सय २१ बर्षमा सनाती खेलाउने रहर मेटिएको छैन्।

स्वास्थ्यले साथ दिएको बेला उनले हरेक समय सनाती खेलाई रहेको भेटिन्छिन्। दिउसोको पारिलो घाममा उनले दिनभरि सनाती खेलाएर समय कटाउने गरेकी छिन्। अरुले बोलेको धेरै कुरा नबुझेपनि बृद्ध आमा भेट्ने सबैलाई आर्शीबाद भने दिन छुटाउदिनन्। 

पहिलो संविधानसभाको निर्वाचनमा १०९ बर्षको उमेरमा मतदान गरेर चर्चा पाएकी पार्वती खड्का अहिले १ सय २१ बर्षको उमेरमा पनि नजिकको पसलसम्म पुग्ने गरेकी छिन्। यहा ओहरदोहर गर्ने अधिकांश उनको घरमा पुग्छन्। उनको दर्शन गर्छन् र १ सय २१ बर्षिया बृद्धको आर्शीवाद लिएर र्फकने गर्छन्।

हरेक दशैंमा घर जान नपाउने प्रमुख जिल्ला अधिकारीदेखि जिल्लाका अन्य साना ठूला कर्मचारी टीका थाप्न उनकै घर पुग्ने गर्छन्। बृद्ध उमेरमा चारधाम गर्ने पार्वतीको चाहनाकै कारण केही समय अघि परिवारका सदस्यले हरिद्वार पुगाएको परिवारका सदस्य बताउँछन्।

उग्रतारा मन्दिरदेखि ३ किलोमिटर दुरीमा उग्रतारा मेलौली राजमार्गसँगै जोडिएको भजनेउटा गाउँकी पार्वती दुई बर्ष अघिसम्म राम्ररी कुरा गर्थिन, शताव्दी अघिका धेरै घटना उनलाई स्मरण थिए। पछिल्लो समय भने उनको स्मरण शक्ति पनि कमजोर हुदैगएको छ। 
 

कमेन्ट लोड गर्नुस