सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको बान्नीगढी जयगढले बनायो विद्यालयलाई ‘डम्पिङ्ग साइड’

२०७६ पुष २, ०५:५५ खबर संवाददाता

धनराज साउद, अछाम: अछामको बान्नीगढि जयगढ गाउँपालिकाले विद्यालय हातालाई‘डम्पिङ्ग साइड’ बनाएको पाइएको छ। गाउँपालिकाले जयगढ बजारमा रहेको सरस्वती माध्यमीक विद्यालयको हातालाई फोहोर व्यवस्थापन गर्न प्रयोग गरेको छ। मंगलबार गाउँपालिकाको ट्याक्टरले जयगढ बजारबाट संकलन गरेको फोहरहरु मदिराका बोतल, सिरिन्ज तथा अ‍ौषधिका खोल, गुट्का लगायतका विद्यालय हाता भित्रै अव्यवस्थीत रुपमा फालेको हो।

विद्यालय हाताभित्र फोहोर फालिएको विषयमा विद्यालयका निमित्त प्रधानाध्यापक टेकबहादुर कुँवरले गाउँपालिकाले माटो फाल्ने भनेर विद्यालयलाई जानकारी गराएकोमा झुक्याएर मदिराका बोतल लगायतका फोहोर फालेको बताए। गाउँपालिका सरकारले नै विद्यालय जस्तो संम्वेदनशिल क्षेत्रको हाताभित्र मदिराका बोतल लगायतको फोहोर थुपार्नु दुःखद भएकोे उनले बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर साउदले विद्यालय हाताभित्र मदिराका बोतल लगायतका फोहोर थुपारिएको विषयमा आफु बेखबर रहेको प्रतिक्रिया दिएका छन्। विद्यालय हाताभित्र फोहोर जम्मा गरेको विषयमा स्थानीय एक अगुवाले गाउँपालिका अध्यक्ष राजेन्द्र खड्कालाई बुझ्न टेलिफोन गर्दा अध्यक्षले विद्यालय हाताभित्र मदिराका बोतल लगायतका फोहोर फाल्न लगाएको स्विकार गरेका छन्।  

यस विषयमा गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर खड्कालाई बुझ्न खोज्दा विद्यालयले नै खाल्डो पुर्न माटो फाल्ने अनुमती दिएको बताएका छन्। फोहरभित्र मदिराका बोतल लगायतका फोहरपनि भएकाले त्यसलाई माटोले पुर्ने काम भइरहेको उनले बताएका छन्।

भिडियो हेर्न यहाँ क्लिीक गर्नुस

कमेन्ट लोड गर्नुस