धनगढीमा नक्कली प्रहरी बनेर एक लाख फिरौती माग्ने चारजना कारागार चलान
धनगढीमा नक्कली प्रहरी बनेर एक लाख फिरौती गर्ने चारजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। जिल्ला अदालतमा आज भएको थुनछेक बहसबाट नक्कली प्रहरी बनेर एक लाख फिरौती माग गर्ने धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का २२ वर्षीय सन्दीप श्रीवास्तव, २७ वर्षीय प्रदीप योगी, २४ वर्षीय अनील चन्द र ३० वर्षीय भक्तराज जोशीलाई पुर्पक्षका लागि कारागार गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जिल्ला अदालतको आदेश पछि चारैजना कारागार चलान भएको जानकारी दिए।
उनीहरुले गत मंसिर ३ गते राति धनगढी ८ कै लक्ष्मण चौधरी र अरुण चौधरीलाई साईकलमा गईरहेका बेला रोकेर प्रहरी भएको भन्दै कुटपिट गर्दै एक लाख नदिएमा लागु औषधमा फसाईदिने धम्की दिदै मोबाईल लगायतका सामान लुटेका थिए। प्रहरीले उनीहरुलाई पक्राउ गरी अपहरण गरी फिरौती माग गरेको मुद्दा चलाएको थियो।