धनगढीको समैजी स्टोरका सञ्चालक भण्डारीले दृष्टी फाउण्डेशनमा जन्मदिन मनाए
धनगढीको समैजी स्टोरका सञ्चालक भवानीसिंह भण्डारीले दृष्टी फाउण्डेशनमा जन्म दिन मनाएका छन्। दृष्टी फाउण्डेशनलाई मंगलबार परेको जन्म दिनको अवसरमा भण्डारीले खाद्यान्न सहयोग गरेका हुन्।
भण्डारीले फाउण्डेनमा आश्रीत मनोरोगी तथा असहाय महिलाको सहयोगार्थ दुई कठ्ठा चामल, पाँच लिटर तेल, आठ किलो दाल, लुगा धुने सोडा, चाउचाउ, चिउरा, नम्कीन तथा असहाय बच्चाका लागि दुध र लुगा सहयोग गरे। एक पेटी बिस्कुट, नुन, मसला तथा बच्चाको लुगा खरिदकालागि उनले नगद एक हजार रुपैया सहयोग गरेका थिए। भण्डारीले मानसीक सन्तुलन ठिक नभएका तथा असहाय महिलालाई जन्म दिनको अवसरमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे। उनले पछिल्लो समय होटलमा गएर जन्म दिन मनाउदै अनावश्यक खर्च गर्ने परिपाटी रहेको भन्दै त्यसलाई निरुत्साहित गर्न आफूले असहायसंग जन्म दिन मनाएको बताए।
दृष्टि फाउण्डेशनमा अहिले ३० मानसिक सन्तुलन गुमाएका महिला र तीन अनाथ एवं सडक छाप बालबालिका छन्। फाउण्डेसनकी सञ्चालक कल्पना भट्टले भण्डारीलाई जन्म दिनको अवसरमा सहयोग गरेकोमा धन्यवाद व्यक्त गरिन्।