सुदूरपश्चिम महोत्सवको अवधी चार दिन थप
सुदूरपश्चिम महोत्सवको अवधी चार दिन थप गरिएको छ। आयोजक कैलाली उद्योग वाणिज्य संघले प्रेस विज्ञप्ती जारी गर्दै महोत्सवको समय अवधी चार दिन थप्ने जनाएको छ। विज्ञप्तीमा यसअघि पुष २ गते सम्म सञ्चालन हुने महोत्सव अब ६ गते सम्म चल्ने उल्लेख गरिएको छ।
गत शुक्रबार वर्षाका कारण एक दिन महोत्सव स्थगीत भएको थियो। वर्षाका कारण महोत्सवमा रहेका स्टल धनीहरुलाई क्षती भएकाले उनीहरुको माग अनुसार समय थपिएको उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरद्धारा हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख छ।