सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा विद्युत सेवा सुधारका लागि योजनाबद्ध रुपमा काम भईरहेको दावी

२०७६ मंसिर ३०, ०३:२८ खबर संवाददाता

धनगढीमा विद्युत सेवा सुधारका लागि योजनाबद्ध तरिकाले काम भईरहेको दावी गरिएको छ। विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले आन्तरिक व्यवस्थापन र प्राविधिक समस्याका कारण सेवा प्रवाहलाई चुस्त बनाउन काम भईरहेको जनाएको हो। केन्द्र प्रमुख सुरेन्द्र कुमार चौधरीले अनियमित विद्युत कटौती, चुहावट तथा अन्य प्रशासनि सेवा सुधारका काम भएको दावी गरे।

उनले विद्युत बुष्ट कटिङ गर्दै धनगढीमा विद्युत आउने जाने समस्या अन्त्य गरिएको बताउँदै विद्युतलाई नियमित गर्न विभिन्न स्थानमा झुण्डिएका तारलाई माथी उठाउने, भाचिएका एवं जीर्ण अवस्थाका पोलहर फेरेर विद्युत  लाईन व्यवस्थित भएको जनाए।

विद्युत चुहावट नियन्त्रणका लागि विभिन्न स्थानमा लाईन काट्ने, चोरी समात्ने, बक्यौता नबुझाउनेलाई कारवाहीको दायरामा ल्याउने क्रमलाई बढाउँदा उठाउन बाँकी ठुलो बक्यौता संकलन भएको चौधरीको भनाई थियो। यस्तै वितरण केन्द्र प्रमुख चौधरीले योजनाबद्ध ढंगले काम गरेकै कारण पछिल्लो समय विगतको तुलनामा विद्युत चोरी तथा चुहावट नियन्त्रण भएको दावी गरे।

यस्तै  कैलालीको सहजपुर, फल्टुडे, वीपीनगर लगायतका क्षेत्रमा कार्यालय नहुँदा सेवाग्राहीले अत्तरिया धाउनुपर्ने समस्यालाई मध्यनजर गर्दै सोही ठाउँबाट सेवा दिनका लागि आवश्यक पहल भईरहेको प्राधिकरणले जनाएको छ।

धनगढी वितरण केन्द्र प्रमुख चौधरीले सोही क्षेत्रमा कार्यालय स्थापना गरी सेवा प्रवाह गर्न चुरे गाउँपालिकाले दुई कोठे भवन र जग्गा उपलब्ध गराएको बताउँदै कर्मचारीले सेवा दिईरहेको दावी गरे।

उनले अत्तरिया नो लाईटका लागि गोदावरी नगरपालिकाले जग्गा उपलब्ध गराउने, र फुलबारी क्षेत्रमा समेत धनगढी उपमहानगरपालिकाले उपलब्ध गराएको जग्गामा कार्यालय स्थापना गरी सेवा दिने योजनामा रहेको दावी गरे। 

कमेन्ट लोड गर्नुस