सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा गहुँ सुपरजोन कार्यक्रम सञ्चालन भएका क्षेत्रमा समेत सिँचाई छैन्

२०७६ मंसिर २९, ०३:४७ कमल सावद

कैलालीमा २०७३ पौष ६ गते प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत गहुँ सुपरजोन कार्यक्रम लागु भएको थियो। परियोजना लागु भएको तीन वर्ष भएको छ। तर गहुँ खेती हुने परियोजना लागु भएको आधा क्षेत्रमा पनि सिँचाई सुविधा छैन्।

गहुँ सुपरजोन लागु भएको गौरीगंगा र घोडाघोडी नरपालिका तथा कैलारी गाँउपालिकाको दुई हजार तीन सय हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा नभएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई गहुँ सुपरजोन कैलालीका प्रमुख टिकाराम थापाले बताए। उनले भने– ‘गहुँ सुपरजोन लागु भएको कैलालीको क्षेत्र मध्ये आधा क्षेत्रमा सिँचाईको सुविधा छैन्।’ बजेट अभावका कारण सबै क्षेत्रमा सिँचाईको सुविधा विस्तार गर्न नसकिएको उनले बतनाए। गहुँ खेती गरिएको क्षेत्रमा सिँचाई सुविधा नभएपछि उत्पादन समेत बढ्न सकेको छैन्।

गहुँको उत्पादन बृद्धि तथा आधुनिकीकरणका लागि लागु भएको परियोजनाले सिँचाईलाई प्राथामिकता नदिएका कारण परियोजना लागु भएको क्षेत्रका किसान पनि बिना सिँचाई सुविधा गहुँ खेती गर्न बाध्य भएका हुन्। सिँचाईको सुविधा नभएपछि परियोजना लागु भएका क्षेत्रका किसान पनि आकासे पानीको भरमा रहेको कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १० भैसासुरका किसान खडकबहादुर चौधरीले बताए। चौधरीले भने, ‘एक पटक मात्र गहुँ सिँचाई गर्न पाएका छौ। लिक्मा नदीको पानीलाई पम्पसेटबाट तान्दै आएका छौ।’ सुरुवातमा गहुँ सुपरजोनको क्षेत्र एक हजार हेक्टर मात्रै हुने भनिएपनि अहिले चार हजार ८ सय हेक्टरमा विस्तार गरिएको छ।

गत आर्थिक वर्ष २०७५/०७६ मा ७५ सिँचाई बोरिङ अनुदानमा बितरण गरिएकोमा चालु आर्थिक वर्षमा एक लाख २० हजारका दरले थप ५० बोरिङ अनुदानमा वितरण गर्ने कार्यक्रममा राखिएको छ। चालु आर्थिक वर्ष २०७६/०७७ मा ५० लाखका १० वटा सौर्य उर्जाको कार्यक्रम रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाइले जनाएको छ।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस