कोरियामा बस्ने नेपालीहरुद्वारा मानव सेवा आश्रमलाई सहयोग
धनगढी: दक्षिण कोरियामा बस्ने नेपालीहरुले मानव सेवा आश्रमलाई ३१ हजार बराबरको सहयोग गरेका छन्। स्थानीय दिल्लीराज पनेरुले आफ्नो जन्मदिनको अवसरमा कोरियामा बस्ने मित्रहरुसँग सहकार्य गरेर आश्रमलाई ३१ हजार बराबरको विभिन्न साम्रगी सहयोग गरेका हुन।
उनले आश्रमका लागी कोरियामा बस्ने नरेन्द्र ठकुराठी, चेतराज पनेरु, नविनराज जोशी, मदन बम, निर्मल ज्ञवाली, बसन्त बोहरा, हिमाल खनाल, योगराज जोशी, डिल्लीराज पनेरु र त्रिलोचन पनेरुको सहयोगमा दैनिक चाहिने साम्रगी जस्तै भट्टे चुलो, मिक्चर, अफिस दराज लगायतका सामग्रीहरु हस्तान्तरण गरेका छन्।