सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ कैलालीको अध्यक्षमा बुढा

२०७६ मंसिर २८, ०७:३६ खबर संवाददाता

धनगढी: नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ कैलालीको अध्यक्षमा हंसबहादुर बुढा चयन भएका छन्। धनगढीमा भएको संघको दोस्रो अधिवेशनबाट बुढा सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्।

त्यस्तै उपाध्यक्षमा सन्जु राना, सचिवमा मानबहादुर चौधरी, सह–सचिवमा यशोदाकुमारी सिँह, कोषाध्यक्षमा सियाराम चौधरी, खुल्ला सदस्यमा चन्द्रबहादुर सुनार र समिर चौधरी,  महिला सदस्यमा चाँदनी अवस्थी, समावेशी सदस्यमा संगिता चौधरी, सदस्यहरुमा कविता चौधरी, खडकबहादुर बोहरा, भरतकुमार ओली र शेरसिँह ठकुरी चयन भएका छन्। 

संघका निर्वतमान जिल्ला अध्यक्ष शंकर खड्काको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश लेखक प्रमुख आथिती रहेका पर्यवेक्षक हेमन्तराज जोशीले जानकारी दिए।  

कमेन्ट लोड गर्नुस