सुदूर नेपाललाई विश्वसँग जोड्दै

इलेक्ट्रोनिक्स डिलर्स एशोसियन धनगढीको अध्यक्षमा भाट

२०७६ मंसिर २८, ०४:५२ खबर संवाददाता

धनगढी: इलेक्ट्रोनिक्स डिलर्स एशोसियन अफ नेपाल, धनगढी कैलालीको आठौ साधारणसभा तथा तेस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। आगामी तीन वर्षका लागि प्रकाश कुमार भाटको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्य समिती चयन गरेको हो।

समितिको बरिष्ठ उपाध्यक्षमा सुर्य सापकोटा, उपाध्यक्षमा प्रकाशचन्द्र पाण्डेय, महासचिव गोविन्द खतिवडा, सचीवमा टोपबहादुर केसी र कोषाध्यक्षमा नेत्र प्रसाद तिवारी चयन भएका छन्। यस्तै सदस्यहरु योगराज भट्ट, हेमन्त राज बस्नेत, प्रकाश नाथ, मकर चौधरी, राहुल बंशल चयन भएको निर्वाचन कमिटीका संयोजक गोबिन्दराज जोशीले जानकारी दिए।

निवर्तमान  अध्यक्ष दीपक अधिकारीको अध्यक्षतामा भएको साधारणसभामा कैलाली उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझा प्रमुख अतिथी रहेका थिए।

कमेन्ट लोड गर्नुस