कैलालीको बयालामा सडकले सुकायो मुहान, गाउँ बन्यो काकाकुल
धनगढी: गत सोमबार कैलालीको चुरे गाउँपालिका– ६ बयाला गाउँमा पूग्दा सडक छेउमा पानी भर्नका लागी रित्ता ग्यालिनहरु राखिएका देखियो। नजिकै रहेको खानेपानीको मुहानमा पानी सुक्दै गएपछि पानीको हाहाकार भएको स्थानीयले गुनासो सुनाए।
स्थानीय धनबहादुर थापामगरले भने, ‘पहिले खानेपानीका मुलहरु, नौला, पोखरीहरु थिए तर अहिले सबै सुकेका कारण धेरै समस्या भएको छ।’ ‘जथाभावी सडक निर्माण गरियो, सडकका कारण पानीको मुहान कम भएको हो’ उनले भने ‘मंसिर महिनामा नै पानीको काकाकुल भएपछि बैशाख जेठमा अझै समस्या हुने हो।’
कैलालीको चुरे गाउँपालिका– ६ बयालामा खानेपानीको हाहाकार भएको छ। खानेपानीको मुहानमा पानी सुक्दै गएपछि गाउँमा पानीको हाहाकार भएको हो। बयाला गाउँमा ६० भन्दा बढि परिवार खानेपानीको अभावका कारण हैरान छन्। उनीहरु एक घण्टाको दुरीमा रहेका पानीको मुहानबाट पानी बोकेर प्रयोग गर्दै आएका छन। बढीसजो खानेपानीका लागि महिलाहरु बिहानै धर्मशालामा रहेको पानीको मुहान जाने गर्दछन्। भने होटल व्यवसायीहरु गाडीमा पानी ढुवानी गर्दैछन्।
बयालासहित गाउँपालिकाको वडा नम्बर ६ का तिन गाउँका एक सय ८१ परिवारका लागि खानेपानी आयोजनाको काम जारी भएपनि चालु आर्थिक वर्षमा काम सुचारुका लागि बजेटको अख्तियारी गएको छैन्। ‘चुरे गाउँपालिका वडा नम्बर ६ को तिन गाउँका लागि खानेपानी आयोजना सञ्चालनमा छ’ फल्टुडे–बगैचुला लिफ्टिङ तथा सरसफाई खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष किशन साउँदले भने, ‘अहिले अख्तियारी दिइएको छैन्। पानीको लाईन बिस्तारको काम रोकिएको छ। पाइपलाईन बिस्तारको कामपनि पूर्ण भएको छैन्। पानी भने निकालिएको छ। खानेपानी आयोजनाको काम चालु आर्थिक वर्षमा पूर्णहुन्छ।’
‘यो वर्षमै गाउँले पानी पाउँछ’
चुरे गाउँपालिका वडा नम्बर ६ का तिन गाउँमा खानेपानीको पहुँच पुगाउनका लागि गत आर्थिक वर्षबाट प्रदेश सरकारको एक करोड ३० लाखको आयोजना सञ्चालनमा रहेको छ। फल्टुडे–बगैचुला लिफ्टिङ तथा सरसफाई खानेपानी आयोजना मार्फत एक सय ८१ घर परिवारमा खानेपानी बिस्तारको योजना छ। सोहि आयोजनाबाट बयालामा पनि खानेपानी बिस्तार गरिने योजना रहेको छ।
चालु आर्थिक वर्षमा उपभोक्ता समितिले गर्नुपर्ने काम धेरै रहेको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनगढीका प्रमुख मोहनबहादुर कँुवर बताए। उनले भने, ‘अख्तियार आइसकेकाले अब उपभोक्ता समितिले पाईप लाईन विस्तारको काम गर्ने हो। उपभोक्ता समितिले चाडो काम गरेमा चालु आर्थिक वर्षमा आयोजनाको काम पुरा हुने उनको विश्वास छ।