सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ६ लाखको अवैध कपडा र गाडीसहित भारतीय नागरिक पक्राउ

२०७६ मंसिर २६, १०:०४ खबर संवाददाता

कैलाली: कैलालीमा प्रहरीले ६ लाखको अवैध कपडा र गाडीसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्लाको लम्किचुहा नगरपालिका–१ सडक खण्डमा अवैध भन्सार छली ल्याएको कपडा र बोलेरो जिपसहित भारतको खिरीका ३५ वर्षीय जाबेर खान पक्राउ परेका हुन। 

प्रहरीको टोलीले झण्डै ५ लाख बराबरको बोलेरो जिप र ६ लाख ११ हजार ६ सय साठ्ठी बराबरको कपडा बरामद गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।

कमेन्ट लोड गर्नुस