सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको अत्तरियाबाट ७ किलो चरेश सहित चार जना पक्राउ

२०७६ मंसिर २६, ०१:२४ खबर संवाददाता

कैलालीको अत्तरियाबाट ७ किलो चरेश सहित चारजना पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय मालाखेती र प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह आरआइटीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा गोदावरी नगरपालिका २ मा कोठामा लुकाएर राखेको अवस्थामा ७ किलो चरेश सहित चारजनालाई पक्राउ गरेको हो।

दार्चुला मार्मा गाउँपालिका वडा नम्वर १ घर भई हाल कैलालीको गोदावरी नगरपालिका वडा नं २ बस्ने ३२ बर्षीय जसमलसिह ठगुन्ना, दार्चुला मार्मा गाउँपालिका वडा नम्वर १ का २७ बर्षीय जिवनसिह ठगुन्ना, सोही ठाउँका २५ बर्षीय उकिलसिह ठगुन्ना र अपी हिमाल गाउँपालिका वडा नम्वर ४ का २४ बर्षीय हिक्मतसिह धामीलाई पक्राउ गरिएको हो। 

जसमलसिह ठगुन्नाको कोठाबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कोठा भित्र रहेको काठको पलङ (खटीया) मुनी भुईमा लुकाई राखेको अवस्थामा राखीएको कालो झोला भित्र चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। 
 

कमेन्ट लोड गर्नुस