सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा गाडी कम्पनी खोल्न लगानी बोर्डद्धारा झण्डै १२ अर्ब रुपैयाँको सम्झौता

२०७६ मंसिर २६, ०६:०८ खबर संवाददाता

नेपालमा चारपांग्रे गाडी उत्पादन गर्ने भन्दै लगानीको अनुमति मागेको कोरियाली कम्पनी मोट्रेक्ससँग परियोजना लगानी सम्झौता भएको छ।  लगानी बोर्ड नेपाल र मोट्रेक्सका प्रतिनिधिबीच बुधबार प्रोजेक्ट इन्भेष्टमेन्ट एग्रिमेन्ट ढपीआईए)मा सम्झौता भएको हो। सम्झौतामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र मोट्रेक्सका प्रतिनिधिले हस्ताक्षर  गरेका छन्। लगानी बोर्डले पहिलो चरणमा १०५ मिलियन अमेरिकी डलर (झण्डै १२ अर्ब नेपाली रुपैयाँ) लगानी गर्ने सहमतिमा हस्ताक्षर भएको जनाएको छ। 

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत(सीईओ) महाप्रसाद अधिकारीले भने, ‘मोट्रेक्ससँग आजसम्म हामीले छलफल मात्रै गरिरहेका थियौँ, आजदेखि भने टुंगोमा पुगेका छौँ, अब यो समझदारीलाई बोर्ड बैठकले पारित गरेको छ, उनीहरुले अब वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) गर्न सक्नेछन्।’ ईआइए गरेको ३६ महिनाभित्र भौतिक संरचना निर्माणको काम सक्नुपर्ने पनि सम्झौतामा उल्लेख भएको सीईओ अधिकारीले बताए। सरकारले मोट्रेक्सलाई बुटवल धागो कारखानाको जग्गा दिने तयारी गरेको छ। २०७५ सालको चैत १ गते बसेको लगानी बोर्डको बोर्ड बैठकले मोट्रेक्सको लगानी स्वीकृत गरेको थियो।
 

कमेन्ट लोड गर्नुस