मंगलबार सबै विदेशी मुद्राको भाउ घट्यो
मंगलबार सबै विदेशी मुद्राको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ३६ पैसा बिक्रीदर ११३ रुपैयाँ ९६ पैसा तोकेको छ। हिजो १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११४ रुपैयाँ २१ पैसा थियो।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २३ पैसा बिक्रीदर ३० रुपैयाँ ३९ पैसा तोकेको छ। सोमबार यसको १ को खरिददर ३० रुपैयाँ ३० पैसा र बिक्रीदर ३० रुपैयाँ ४६ पैसा रहेको थियो। यस्तै कतारी रियालको भाउ पनि घटेको छ। मंगलबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा रहेको छ।
हिजो यसकोे एकको खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा थियो। ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ ५० पैसा रहेको छ। हिजो सोमबार खरिददर २९६ रुपैयाँ ८६ पैसा रहेको छ थियो। यूएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३ पैसा तोकेको छ।
सोमबार यसको एकको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा थियो। मंगलबार मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २४ पैसा र बिक्रीदर २७ रुपैयाँ ३९ पैसा तोकेको छ। हिजो खरिददर २७ रुपैयाँ ३१ पैसा र बिक्रीदर २७ रुपैयाँ ४६ पैसा थियो। यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९ रुपैयाँ ५७ पैसा पुगेको छ। हिजो यसको १ सयको खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६३ पैसा थियो।
कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७५ रुपैयाँ २५ पैसा पुगेको छ। सोमबार यसको खरिददर ३७४ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७६ रुपैयाँ २५ पैसा रहेको थियो। बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३०२ रुपैयाँ २५ पैसा रहेको छ। सोमबार यसको १ को खरिददर ३०२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ९१ पैसा थियो।